प्रचण्डकाे सरप्राइज भेटमा पञ्चमुनिका बिद्यार्थीकाे गडगडाहट ताली

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दुलेगौंडाका बिद्यार्थीले गडगडाहट तालीले स्वागत गरेका छन् । शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौंडामा रहेको पन्चमुनि माध्यमिक बिधालयमा अकस्मात् पसेका प्रचण्डले बिद्यार्थीलाई सरप्राइज दिँदा बिद्यार्थीले गडगडाहट तालीले स्वागत गरेका थिए । उक्त अवसरमा केही बेर बिद्यालयमा मन्तब्य राखेका उनलेे बिद्यार्थीसँग सामुहिक फाेटाे समेत खिचेका हुन् ।

प्रचण्डले शुक्लागण्डकी नगरपालिका कार्यालयमा निरीक्षण अनुगमन , शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको सहिद स्मृति पार्कमा कार्यक्रमलाई सम्बोधन एवम् जनयुद्धका शहीद एवं राज्यद्वारा वेपत्ता योद्दाहरुका परिवारहरुसँग अन्तरकृया र भेटघाट तथा पार्कको अनुगमन गरेका थिए ।

निर्वाचन क्षेत्र गोरखाबाट शुक्रबार पोखरामा भएको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्न जाने क्रममा शुक्लागण्डकीका विभिन्न ठाउँका कार्यक्रममा उनलेे सम्बाेधन गरेका हुन् ।
























