नेविसंघ तनहुँकाे पदस्थापन तथा प्रथम बैठक सम्पन्न

नेविसंघ तनहुँकाे पदस्थापन तथा प्रथम बैठक सम्पन्न

नेपाल विद्यार्थी सङ्घ तनहुँको पदस्थापन तथा प्रथम ऐतिहासिक बैठक सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीकाे अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले रहेका थिए ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस तनहुँका निवर्तमान पार्टी सभापति बैकुण्ठ न्यौपाने, पार्टीका पुर्व सभापति रघुनाथ पौडेल, तनहुँका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ रहेका थिए ।

यस्तै अतिथिहरूमा नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिहरू श्याम कुमार मौराती र चुणामणी खनाल , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी ,नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ख का सभापति काजीमान श्रेष्ठ , नेपाली कांग्रेस व्यास नगरका सभापति सूर्य चन्द्र हड्खले , नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल मिश्र, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ख का सचिब हरिसरण खनाल , रिसिङ गाउँपालिकाका उपाध्यक्ष गिनु थापा , ने का क्षेत्र नं २का सह सचिव याम सारु तथा तथा नेपाल विद्यार्थी सङ्घका जिल्ला सदस्यहरूको उपस्थिति रहेको थियो ।


सहभागीहरूले नेपाल बिद्यार्थी संघको बिगत र वर्तमान अवस्थाकाे बारेमा चर्चा गर्दै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page