श्रीमानकाे काजकिरियामा बसेकी व्यासकी १८ दिनको सुत्केरी जमुनालाई १ लाख ७७ हजार सहयोग

श्रीमानकाे काजकिरियामा बसेकी व्यासकी १८ दिनको सुत्केरी जमुनालाई १ लाख ७७ हजार सहयोग

तनहुँकाे व्यास नगरपालिका वडा नं १० का ३२ वर्षीय विशाल पण्डित क्षेत्रीकाे फागुन १० गते अकस्मात् मृत्युु भए पछि परिवारमा विचल्ली भएको छ । उनको रातिको समयमा घरमा जाने क्रममा लडेर खाल्डोमा परी मृत्यु भएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको स्वर्गीय विशालकाे घरमा १८ दिनकी सुत्केरी श्रीमती सहित ४ वटा छाेराछाेरी र ७५ वर्षकी बुढी आमा छन् । घरको कमाउने मुख्य सदस्यकाे मृत्यु भए पछि उनको घरमा विचल्ली भएको छ ।

उनको मृत्यु पश्चात् ८ वर्षीय ठुलो छाेराले दागबत्ती दिएका थिए भने १८ दिनकी श्रीमती किरिया बसेकी छन् । आम्दानिकाे श्राेत नहुनु , आर्थिक अवस्था अत्यन्तै कमजोर हुनु , घरमा रेखदेख , हेरविचार गर्ने मान्छे नहुनु लगायतका कारणले अहिले परिवारजन चिन्तित छन् । साेही बिषयमा तनहुँ प्रेसले समाचार प्रकाशन गरेपछि सहयोग जुट्ने क्रम जारी छ । अहिलेसम्म स्वदेश तथा विदेशबाट गरि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट १ लाख ७७ हजार नगद संकलन भएको छ ।

स्थानीय छिमेकी सीता पहारीका अनुसार बुढिआमाकाे हेरविचार , ससाना छाेराछाेरीकाे रेखदेख , सुत्केरीको स्याहारसुसार गाउँलेकाे सहायता बाट भइरहेको अवस्थामा अहिले अन्य सहयोगी व्यक्तिहरूबाट पनि नगद सहयोग प्राप्त भएको हाे । विशालकाे मृत्यु भएको आज ११ दिन भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page