व्यासनगर अडियो काण्ड – ४ जना कर्मचारी निलम्बनमा !

व्यासनगर अडियो काण्ड – ४ जना कर्मचारी निलम्बनमा !

 तनहुँको व्यास नगरपालिकाकाे कार्यपालिका बैठक बुधबार बिहान सम्पन्न भएको छ । बैठकले बिवादमा तानिएका चारजना कर्मचारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार अडियो सार्वजनिक भइ बिवादमा तानिएका र स्पस्टिकरण साेधिएका चारजना लाई निलम्बन गर्ने निर्णय भएको बताए । कर्मचारी निलम्बन सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरेसँग सम्पर्क गर्दा स्पस्टिकरणकाे जवाफ नआइन्जेल सम्म केही दिनको लागि निलम्बनमा राख्ने कार्यपालिकाले निर्णय गरेको बताए । व्यासकाे वडा नम्बर १३ मा गर्न लागेको सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिदमा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएपछि चार जना कर्मचारीलाई हिजोमात्रै स्पस्टिकरण साेधिएकाे थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरेले वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसी , स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेती , सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र कुशेस्वर गुरूङलाई स्पस्टिकरण साेधेका थिए । नगरपालिकाका कर्मचारी भएर नगरकाे हित बिपरितका गतिविधि गरेको अडियो सार्वजनिक भएपछि तपाईंलाई किन कारबाही नगर्ने ? कारबाही गर्न नपर्ने कारण भए ७ दिन भित्र प्रस्ट हुने गरि स्पस्टिकरण दिनुहाेला पत्रमा भनिएको थियो । स्पस्टिकरण साेधिएका यिनै चारजना लाई आज निलम्बन गरिएको हाे ।

सरसफाइ जग्गा व्यवस्थापन केन्द्रले केही दिन अगाडि पत्रकार सम्मेलनमा कमिसनको लागि कर्मचारीले चलखेल गरेको अडियो सार्वजनिक गरेपछी यस बिषय ले सिङ्गो नगर तातेकाे छ । यस सम्बन्धमा जिल्लामा रहेका सबै राजनीतिक दलले सत्यतथ्य बाहिर ल्याउन र दाेसीलाइ कारबाही गर्न माग गरेका छन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले दाेसि देखिए जाेसुकैलाइ पनि कारबाही गर्ने बताइसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page