बन्चरो प्रहार गरी तनहुँमा महिलाको हत्या
बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ प्रहरीले व्यास नगरपालिका–९ कुमालगाउँका ३० वर्षिय शिवशङ्कर भन्ने शङ्कर कुमाललाई नियन्त्रणमा लिएको छ । सोही ठाउँबस्ने छिमेकी बर्ष ६६ की बिष्णुमाया कुमालको बुधबार बिहान ७ः३० बजे हत्या आरोपमा पक्राउ गरिएको जनाइएको छ ।
आफ्नै घर अगाडीको खाली जग्गामा घोप्टो परी मृत अवस्थामा रहेको भन्ने स्थानीय मानिसहरू मार्फत सूचना प्राप्त हुना साथ प्रारम्भिक अनुसन्धान गरी कुमाललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बिष्णुमायालाई धारिलो हतियार बन्चरोले टाउको समेतमा निर्ममता पूर्वक प्रहार गरी हत्या गर्ने कार्यमा सङ्लग्न कुमाललाई नियन्त्रणमा लिई बुधबार तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको समेत बताइएको छ ।

























