पार्वती आ वि का शिक्षकको सक्रियतामा बिरामी अभिभावक दिपक लाई ७५ हजार सहयोग !

पार्वती आ वि का शिक्षकको सक्रियतामा बिरामी अभिभावक दिपक लाई ७५ हजार सहयोग !

पार्वती आधारभुत बिद्यालयका शिक्षकहरूले बिरामी अभिभावक दिपक आले मगरकाे उपचारकाे लागि सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् ।

शिक्षकहरूले टाउको र फाेक्साेका बिरामी ४१ वर्षीय दिपक आलेलाइ झण्डै ७५ हजार सहयोग रकम हस्तान्तरण गरेको बिद्यालयका प्रअ सागर आचार्यले बताए । बिरामी आलेकाे दुवै मष्तिषकको विचको भागमा पानी र पिप जमेको र सोही उपचारको क्रममा कलेजो खराबीको साथै फोक्सोमा पनि निमोनिया देखिएको कारण विगत ३ महिना देखि निरन्तर उपचारको क्रममा रहेका आचार्यले जानकारी दिए । उनको पोखरा गण्डकी मेडिकल कलेज र हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा ICU भेन्टिलेटर कक्षमा राखी उपचार भइरहेको अवस्थामा निजको घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा जिवन रक्षाको लागि आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको बिद्यालयले जनाएकाे छ ।

बिरामी आलेकाे उपचारका लागि फागुन १५ गते मगर दिवसको दिन शिक्षक कमला थापाको सक्रियतामा ३१ हजार २ सय ६५ रूपयाँ संकलन भएको छ भने फागुन १७ गते पार्वती आविका शिक्षकहरू र कालीका आमा समुहको सक्रियतामा शुक्लागण्डकी महाेत्सवमा ४० हजार ६ सय ३० तथा काइली बाराही आमा समुहबाट ३ हजार लगायत गरि कुल ७५ हजार रूपयाँ सहयोग संकलन भएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page