डुम्रे महाेत्सवमा ११ बजेसम्म फ्री

डुम्रे महाेत्सवमा ११ बजेसम्म फ्री

तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाइएको छ । महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थालाई पनि एक हजार भन्दा बढी निशुल्क पास छुट्याइएको पियाले जानकारी दिए ।
महाेत्सवमा थप मनाेरञ्जन दिन आयाेजकले चुँदि खाेलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्ने व्यवस्था समेत मिलाएकाे छ । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ । डुङ्गामा चढ्नेहरू सँग प्रतिव्यक्ति एकसय रूपयाँ लाग्ने हिमालयन रिभरका सन्त लामाले बताए । महाेत्सवमा डुङ्गामा मनाेरञ्जन गर्न पाइने भए पछि दर्शकहरू त्यसतर्फ आकर्षित हुन थालेका छन् ।

यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाएकाे छ । सनिवार ख्यातिप्राप्त गायिका तनहुँकै चेली प्रिती सँगै गाेजिमा दाम छैनका गायक राजन राज शिवाकोटी सहितका चर्चित कलाकारहरू आउने कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । महाेत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकार आउने र त्यसले दर्शकले भरपुर मनाेरञ्जन लिन पाउने श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page