नवौं बागेश्वरी कप भलिबलको उपाधि राम्जाकोट युवा क्लब ऋषिङलाई

नवौं बागेश्वरी कप भलिबलको उपाधि राम्जाकोट युवा क्लब ऋषिङलाई


बन्दीपुर गाउँपालिका वडा न: ०६ काफलस्वारामा आयोजीत नवौं बागेश्वरी कप २०८१ अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि राम्जाकोट युवा क्लब ऋषिङ ८ ले हात पारेको छ । जुनतारा युवा क्लब बन्दिपुर गाउँपालिका वडा न: २ हल्थुम्कालाई २-१को सेटले पराजित गर्दै ऋषिङले उपाधी जितेको हो । बिजेता बने संगै राम्जाकोट युवा क्लब ऋषिङ्ले रु. ३३हजार ३ सय ३३,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो बनेको जूनतारा युवा क्लब हल्थुकाले रु.२२ हजार २ सय २२ रूपयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै तेस्रो बने संगै बागेश्वरी युवा क्लब ( आयोजक ) काफलस्वाराले रु.. ११ हजार १सय ११ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा मिलिजुली युवा क्लब बन्दिपुर गाउँपालिका वडा न : ०६ खहरेटार सान्त्वना भएसँगै रु.५ हजार ५ सय ५५ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमको समापन गर्दै बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा , बन्दिपुर गाउँपालिका वडा न: ०६ वडा अध्यक्ष बल बहादुर गुरुङ लगाएत अतिथिहरुले पुरस्कर वितरण गरेका थिए।
कुल १६ टिमको सहभागिता रहेको र प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएको क्लबका अध्यक्ष नबिन गुरुङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page