९ करोडको म्याग्दे प्रशासकीय भवनको बैशाख ३ गते राष्ट्रपति पाैडेलले उद्घाटन गर्ने:

म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आगामी बैशाख ३ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ स्थित नारङ्गेमा निर्माण गरिएको सो भवनको निर्माण कार्य पुरा भएसँगै उद्घाटनकाे तयारी गरिएको हाे ।

उक्त भवन उद्घाटनसँगै कार्यालय सन्चालनको तयारी पनि गरिएको छ । सो को प्रयोजनकोलागि आगामी बैशाख २ र ३ गते म्याग्दे गाउँपालिकामा सार्वजानिक बिदा दिने निर्णय भएको छ ।

नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरि हालको कार्यालयमा रहेका जिन्सी सामाग्री, विद्युतीय सामाग्री तथा विभिन्न श्रेस्ता कागजातहरु सार्नु पर्ने तथा फर्निचर सहित विद्युतीय उपकरणहरु नयाँ सेटिङ गर्नुपर्ने भएकोले बैशाख २ र ३ गते गाउँकार्यपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुमा सार्वजानिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न ३ तले भवनको डिपिआर इष्टमेट ९ करोड ९७ लाख ४८ हजार १ सय ८४ रूपया रहेको र इष्टमेट एमाउन्टमा ७ करोड ४८ लाख ८ हजार ९ सय ४८ रहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । सुसान जे भि रानिबारिले भवन निर्माणकाे ठेक्का पाएकाे र समयमै भवन निर्माण सकिसक्ने गरि काम अगाडि बढाएकाे थियो ।
२०७७ साल चैत १२ गते निर्माणकाे सम्झौता भइ २०७९ साल चैत १२ गते सम्पन्न गर्ने गरि भवन निर्माणकाे सम्झौता भएको थियो । प्रशासनिक भवन निर्माण सम्पन्न पश्चात् गाउँपालिका बाट हुने दैनिक सेवा प्रवाहमा सहज हुने बिस्वास लिइएको छ । भवनको गाउँपालिकाकि निवर्तमान अध्यक्ष मायादेवी रानाको पालामा शिलान्यास भएको थियो ।




































