घरघरै धारा जडान गरेपछि भानुकाे खहरेबासी खुसी

घरघरै धारा जडान गरेपछि भानुकाे खहरेबासी खुसी

तनहुँको भानु नगरपालिका–३ खहरेका घरघरै धारा जडान भएको छ । गाउँमा ३८४ घरधुरीमा घरघरै धारा जडान भएपछि स्थानीय खुसी भएका छन् । खानेपानी लिन सबेरै मस्याङ्दी नदीमा जानुपर्ने, मध्यरातमै उठेर कुवामा पानी लिन घण्टौं धाउनु पर्ने बाध्यता हटेपछि स्थानीयमा खुसीको सिमा छैन । ‘एक घर, एक धारा’को लक्ष्यसहित सुरु भएको ‘चिप्लेटी खहरे खानीपानी स्वास्थ्य शिक्षा तथा सरसफाई व्यवस्थापान समिति’ को योजना पूर्ण रुपमा सम्पन्न भई प्रत्येक खानेपानीको धारा जडान गरेसँगै खुसी छाएको हो ।
सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत दुई करोड पाँच लाख र स्थानीयको जनश्रमदान ४७ लाख गरी दुई करोड ५२ लाखमा लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीका लागि घण्टौँसम्म उकालो ओरालो गर्नुपर्ने वर्षौंदेखिको बाध्यता हटेको समितिका अध्यक्ष टिकाराम श्रेष्ठले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको पहलमा योजनाको लागि बजेट परेको श्रेष्ठले जानकारी दिए । घरघरै खानेपानी आएपछि पानीको लागि घटौं धाउनु पर्ने बाध्यता हटेको समितिका संस्थापक अध्यक्ष राममाया कार्कीले बताइन् । बस्तीभन्दा करीव डेढ किलोमिटरमा रहेको मुल कठोर सङ्घर्षबाट दर्ता गर्न सफल भएपछि खानेपानीको योजना सञ्चालन गर्न सजिलो भएको उनले जानकारी दिइन् ।‘पानीको साह्रै दुःख थियो, मस्याङ्दी नदीको किनारमा धाउनु पर्थ्याे , कुवाको पानीको लागि डेढ दुई घण्टा कुर्नुपथ्र्यो अहिले समस्या टरेको छ । कार्कीले भनिन , ‘‘राती नै कुवामा पानी लिन धाउनु पर्दा चितुवा, भालुजस्ता जङगली जनावरको डर थियो आँगनमै पानी आएपछि हटेको छ ।’ विभिन्न समयमा खानेपानी योजना निर्माणको प्रयास भए पनि सफल हुन नसकेकोमा हाल योजना पुरा हुँदा खुसीको सिमा नरहेको कार्कीले बताइन् । उपभोक्ताले मिटर प्रणालीबाट खानेपानीको उपभोग गरिहेको समितिले जनाएको छ । खानेपानी योजनाको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले शनिबार उद्घाटन गर्दै विकासको लागि राजनीति गरेको र चुनावमा पराजित भएपनि विकासको अभियानबाट टाढा जान नसक्ने बताए । खानेपानी समस्या समाधानको लागि जिल्लामा अभियान आफूले सुरुवात गरेको उनको भनाइ थियो । डोकोमा पानी बोकेर घण्टौं ध्याएर ल्याउन पर्दा महिलालाई सकस परेकाले अभियानकै रुपमा खानेपानीको लागि प्राथमिकता दिएर बजेट ल्याउनको लागि दबाब दिने गरेको भट्टराईले बताए ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खानेपानी समस्याको लागि नगरपालिका जुटिरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य लक्ष्मी आचार्य, भानु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलकुमार गुरुङ, निर्बतमान अध्यक्ष दलनारायण श्रेष्ठ, वडा सदस्य अमित लामा, खानेपानी योजनाका पूर्व अध्यक्ष रामबहादुर थापा लगायतले यो क्षेत्रमा लमजुङ र गोरखा जिल्लाबाट बसाई सरेर आउने क्रम बढीरहेको खानेपानीको माग धेरै भएकोले भविष्यमा पानीको अभाव हुन नदिन सहयोग जुटाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा खानेपानी योजनामा सहयोग पु¥याउने नेपाली काँग्रेसका नेता भट्टराई लगायतलाई सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page