दमाैली बजार इकाईकाे साधारणसभा सम्पन्न

दमाैली बजार इकाईकाे साधारणसभा सम्पन्न

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको २९ औं वार्षिक साधारण सभा सुक्रवार दमौलीमा सम्पन्न भएको छ। साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्दै बजार इकाईले कुनै पनि आग्रह, पुर्वाग्रह नराखी दमौलीका जनताको हित र सेवामा सक्रिय गराइ अगाडि बढ्नुपर्नै बताए ।

बजार इकाईका सबै व्यवसायीहरू हातमा हात र काँधमा काँध राखेर निष्पक्ष रहेर पेशागत हक हितमा लाग्नुपर्ने उनको भनाइ थियो।प्रदेश सभा सदस्य श्रेष्ठले कुनै पनि उद्योगी ब्यवसायी र ब्यापारीहरु सतर्क भै मनै देखी उदेश्य बमोजिम लागेमा कार्य सफल हुने बताउँदै आआफ्नो क्षेत्रबाट बजारको सार्वाङ्गिण विकासका लागि अगाडि बढ्न जरुरी भएको बताए ।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ,तनहुँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष मंगलकुमार श्रेष्ठ , मोहनकुमार बि.क.दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ , तनहुँ उधोग बाणिज्य संघका पुर्व महासचिव कुमार मोहन श्रेष्ठ ,महिला उधमी राधिका परियार , रामचन्द्र अधिकारी लगाएतका वक्ताहरूले ब्यवसायीहरु सद्भाव ,समन्वय र एकताका साथ अगाडि बड्न अनिवार्य भएको बताएका थिए । कार्यक्रममा  वक्ताहरूले साप्ताहिक अनुगमन, निरीक्षण र अनुसन्धान आवश्यक भएको बताएका थिए । दमौली बजार इकाईका सभापति शुक नारायण मल्लको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूलाइ सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page