भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम

भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम


तनहुँको भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन भएको छ। नगरपालिकाको वडा नम्बर ५ बुडुवा स्थित सोमबार वडा अध्यक्ष पदम बहादुर थापाले तालिमको ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन्। अध्यक्ष थापाले कार्यक्रमको उद्घाटन गर्दै सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक क्षेत्रमा महिलाहरूको पहुँच पुर्‍याउनको लागि व्यक्तित्व विकासमा जोड दिएको बताए। महिलाहरुमा चेतनाको बिकास र निडर भएर बोल्ने बानिको बिकास गर्न उद्घोषण तालिमको महत्व रहेको थापाले बताए।

भिमाद नगरपालिका वडा नम्बर ५ को आयोजनामा संचालन भएको पाँच दिने महिला नेतृत्व तथा क्षमता विकास तालिमको शुभारम्भ कार्यक्रम वडा सदस्य मन बहादुर थापाको अध्यक्षतामा भएको थियो। क्षमता अभिबृद्दि र ब्यक्तित्व बिकास गर्ने उदेश्य सहित चैत २५ देखि २९ सम्म संचालन भएको उक्त तालिममा वडा नं ५ का सबै टोल बाट प्रतिनिधित्व गरि तीस जना सहभागी भएका थिए। सो तालिममा सहजकर्ताको रुपमा पत्रकार अन्जान परियार रहेका थिए।

तालिममा कार्यपालिका सदस्य मिना परियार र कला घर्ती उपस्थित रहेका थिए । सो कार्यक्रम वडाका कार्यालय सहयोगी दल प्रकाश थापाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यपालिका सदस्य संगीता विश्वकर्माले राखेकी थिइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page