व्यास ५ मा बैशाख ४ गते बिहान ४ घण्टा बत्ती जाने
तनहुँको व्यास नगरपालिका-५ का विभिन्न स्थानमा बिहीवार चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ। दमौली फीडर शान्तिनगर पाटन क्षेत्रको ११ के.भी. लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि वैशाख ४ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म विद्युत अवरुद्ध हुने भएको बताइएको छ ।

।त्यस्तै व्यास-५ पाटन चापाघाट कन्टार, अलैंचे, चारघरे, टाक्राङ, मानुङ्कोट लगायतका स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

























