म्याग्देका किसानलाई कृषि मेसिनरी मर्मत सम्बन्धी १५ दिने तालिम

म्याग्देका किसानलाई कृषि मेसिनरी मर्मत सम्बन्धी १५ दिने तालिम


तनहुँकाे म्याग्दे गाउँपालिकाले आफ्ना किसानहरू लाई कृषि मेसिनरी मर्मत सम्बन्धि १५ दिने तालिम दिएकाे छ । २५ जना कृषक सहभागी रहेको तालिम साेमबार सम्पन्न भएको छ । तालिममा सहभागीहरूलाइ एक कार्यक्रमका बिच म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रमाणपत्र वितरण गर्दै सिकेको सीप व्यवहारमा उतार्नुपर्ने बताए । कार्यक्रममा म्याग्दे ३ का अध्यक्ष दुकराज अधिकारी , कृषि शाखा प्रमुख रूक्मिता घिमिरे लगायतले कृषकहरूकाे लागि तालिम निकै महत्त्वपूर्ण रहेको बताएका थिए ।

तालिम लिन पाउँदा कृषकहरू खुसी भएका छन् । तालिमले घर गाउँमा कृषि मेसिनरी बिग्रेर टाढा टाढा मर्मतका लागि लानुपर्ने दुखकाे अन्त्य गराएको भन्दै अब आँफैले मर्मत गरेर चलाउन सकिने बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page