अवैध रुपमा ल्याईएको गाई, गोरुहरु प्रहरीकाे नियन्त्रणमा
वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाबाट खटिएको प्रहरी टोलीले हेटौडा उ.म.न.पा. वडा नं. ०४ फरेष्टी क्याम्पस अगाडीबाट अबैध रूपमा ल्याउँदै गरेको गाई र गाेरू नियन्त्रणमा लिएको छ । पुर्व पश्चिम सडक खण्डकाे हेटौडाबाट बिरगन्जतर्फ जादै गरेको बा.प्र.०३-००१ ख १२२० नं.को आइचर ट्रकलाई रोक्ने क्रममा उक्त गाई गाेरू फेला परेको थियो ।

ट्रक चेकजाँच गर्ने क्रममा ट्रक चालक सवारी साधन छोडी भागेको र भेट्नरीको कागजातहरु नभएको ८ वटा गाई र ७ वटा गोरुहरु ढुवानी गरी ल्याईएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त गाईगोरुहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ट्रक सहित पशुसेवा केन्द्र कार्यालय हेटौडामा बुझाईएको साथै निज चालकको खोजतलास भईरहेको समेत प्रहरीले बताएको छ ।

























