इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण उत्कृष्ट प्रहरी घोषित
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रत्येक महिना प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मुल्यांकन गरी कार्यसम्पादनमा प्रभावकारीता एवम् थप हौसला प्रदान गर्ने उदेश्यले उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गर्दै आएकाे सिलसिलामा चैत महिनाकाे उत्कृष्ट प्रहरीमा थापा पुरस्कृत भएका हुन् ।

प्रहरी निरिक्षक थापाले चैत महिनामा ५५ वर्षिय मंगल गिरीको हत्या गरी फरार तीन जनालाई पक्राउ गर्न सफल भएको, कार्यालय परिसरमा रहेको दुर्गा भगवती मन्दिर पुनःनिर्माणका साथै प्रतिक्षालय निर्माण , कार्यालय सौन्दर्यकरण गरी व्यवस्थित बनाएका थिए । साथै इलाकामा शान्ति सुरक्षा कायम गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको हुँदा उत्कृष्ट कार्यविधि २०८१ बमोजिम उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी बरिष्ठ उपरिक्षक महेन्द्र खड्काद्धारा जारी घोषणमा उल्लेख छ ।

























