म्याग्दे गाउँपालिकाकाे आ . व ०८२/०८३ काे नीति तथा कार्यक्रम र बजेट पुर्व तयारी अन्तरक्रिया तथा छलफल कार्यक्रम

म्याग्दे गाउँपालिकाकाे आ . व ०८२/०८३ काे नीति तथा कार्यक्रम र बजेट पुर्व तयारी अन्तरक्रिया तथा छलफल कार्यक्रम

म्याग्दे गाउँपालिकाकाे आ . व ०८२/०८३ काे नीति तथा कार्यक्रम र बजेट पुर्व तयारी अन्तरक्रिया तथा छलफल कार्यक्रम म्याग्दे सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले बजेट बाँडफाँड पारदर्शी तरिकाले गर्दै आएकाे भन्दै धेरै भन्दा धेरै पक्षलाई समेटेर बजेट ल्याउने गरि अगाडि बढेको बताए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले सराेकारवालाहरू सँग गरिने यस किसिमका छलफलले दिएका राम्रा कुरा र राजनीतिक दल लगायतका सहभागीहरू बाट आएका रचनात्मक सुझावलाई समेटेर बजेट निर्माण गरिने बताए ।
नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेले बजेट जनमुखी हुनुपर्ने भन्दै तल्लो तहका मानिसहरूलाइ सम्बाेधन हुने गरी बजेट आउनुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष द्वारिका घिमिरेले बिकासका लागि सबै एकजुट हुनुपर्ने भन्दै आम्दानी हेरेर मात्रै खर्चको व्यवस्थापन गर्न सकिने बताए ।
नेकपा माओवादी केन्द्रका बालकृष्ण श्रेष्ठले पर्यटनको क्षेत्रबाट म्याग्देले आम्दानी गर्नसक्नपर्ने सुझाव दिएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका सभापति मनाेज अधिकारिले उत्कृष्ट बजेट बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका विष्णुकुमार श्रेष्ठ लगायतका स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू , स्थानीय राजनैतिक दल, विभिन्न टोल विकास समितिका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्र.अ.हरू लगायतका सहभागीहरूले उत्पादनमुलक उद्योग , राजस्व संकलन , बजेट कनिका छरे झैं छर्ने प्रविधिकाे अन्त्य गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रमकाे आयाेजना र बिषय बस्तुका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । कार्यक्रम गाउँपालिकाका याेजना शाखा प्रमुख श्रीराम खनालले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page