कर छली गरी अबैध रूपमा ल्याइएका सामान तनहुँ प्रहरीको नियन्त्रणमा ,२ लाख बढी राजश्व संकलन

कर छली गरी अबैध रूपमा ल्याइएका सामान तनहुँ प्रहरीको नियन्त्रणमा ,२ लाख बढी राजश्व संकलन

तनहुँ प्रहरीले कर छली गरी ओसार पसार गरेका कवाड सामानहरु लाइ नियन्त्रणमा लिई कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय आँबुखैरनीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध रुपमा प्रक्रिया पुरा नगरी ओसारपसार गरेको कवाडी हरूलाइ नियन्त्रणमा लिइ कारबाहीको दायरामा ल्याएको हाे ।

२०८१ चैत ३ गते आँबुखैरेनी २ ट्राफिक पाेष्टबाट ग २ ख १७६६ नम्बरको ट्रकमा लोड भएका विभिन्न सामाग्री नियन्त्रणमा लिइ आन्तरिक राजश्व कार्यालय गाेर्खामा कारबाहीको लागि पठाइएको र उक्त कारबाही / जरिवाना बाट १ लाख ७४ हजार ९६ रूपया राजश्व संकलन भएको तनहुँ प्रहरीले जनाएको छ । यस्तै बैशाख ५ गते बन्दीपुर १ बाट ना ८ ख ६५७९ नम्बरको ट्रकबाट अबैध रूपमा ल्याइएका सामानहरू नियन्त्रणमा लिइ कारबाही / जरिवाना गर्दा ३५ हजार संकलन गर्दा टाेटल २ लाख ९ हजार ९६ रूपया राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले बताए । प्रहरीकाे सक्रियता र निगरानीले अबैध रूपमा ल्याइएका सामान नियन्त्रणमा लिन सफल भएको एसपी शाहीले बताए ।

शाहीकाे नेतृत्वमा रहेको तनहुँ प्रहरीले संगठनको नीति निर्देशनअनुसार आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गर्नुका साथै लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारको पुनर्निर्माण र संरक्षणमा नेतृत्वदायी भूमिका खेल्दै आउनुका साथै समाजमा शान्तिसुरक्षा कायम गराउन सफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page