बैशाख २५ गतेदेखि ३१ गतेसम्म तनहुँमा ट्राफिक सप्ताह हुने
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँकाे आयाेजनामा यहि बैशाख २५ गते देखि ३१ गते सम्म विविध कार्यक्रम गरी ट्राफिक सप्ताह मनाईने भएको छ ।ट्राफिक सप्ताह कार्यक्रम बारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण चन्दले पहिलो दिन वैशाख २५ गते दमाैलीमा सचेतनामुलक र्याली निकालिने जानकारी दिए ।दुर्घटना न्युनिकरण र राेकथामका लागि ट्राफिक सप्ताह गर्न लागेको चन्दले बताए ।

म जिम्मेवार यात्रु , म मेरो कर्तव्य पालना गर्छु भन्ने नाराका साथ हुने कार्यक्रममा प्रभातफेरी , स्वयंसेवक परिचालन गरि प्रशिक्षण , ग्रामीण सडक लक्षित प्रशिक्षण , सडक प्रयाेगकर्ता प्रशिक्षण , चालकहरूका लागि प्रशिक्षण , सवारीचालकहरूकाे स्वास्थ्य परिक्षण र अन्तिम साताै दिन सञ्चारकर्मीहरू सँग अन्तरक्रिया सहित समापन हुने इन्स्पेक्टर चन्दले बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी , ट्राफिकका सइ सुमन निउरे ,असइ नारायण कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । जिल्लामा हाल १३ वटा अस्थायी पाेष्ट र
५४ जना ट्राफिक प्रहरी कर्मचारी रहेका छन् ।

























