बन्दीपुरका इन्स्पेक्टर केसीको काठमाडौं सरूवा

बन्दीपुरका इन्स्पेक्टर केसीको काठमाडौं सरूवा

इलाका प्रहरी कार्यालय बन्दिपुरमा कार्यरत प्रहरी निरीक्षक सन्तोष कुमार केसीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२ बैशाख १० गतेको पत्रानुसार प्रहरी निरीक्षक केसीको मानव बेचबिखन अनुसन्धान व्युरो काठमाण्डौमा सरुवा भएको हो ।

तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी बीरेन्द्र बहादुर शाहीले शुभकामना तथा फेरी भेटौला कार्यक्रमका बीच केसीलाई बिदाइ एवम् फेरि भेटाैँला कार्यक्रम गरेका छन् । सो अवसरमा प्रहरी प्रमुख शाहीले आफ्नो कर्तव्यबाट कत्ति पनि बिचलन नभई सदैंव वफादार र कर्तव्यनिष्ट भएर अघि बढ्न शुभकामना दिएका थिए । केसी करिब १ वर्ष बन्दीपुरमा इन्चार्जकाे रूपमा रहेर सफलताका साथ कार्य सम्पन्न गरि गएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page