आँबुखैरेनीमा लागुऔषध सहित २ युवक पक्राउ
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट बिहीबार लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग सडक–खण्ड अन्तर्गत बेनिटारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलिले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गरेका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ बस्ने वर्ष १९ को सुजल छन्त्याल र म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २२ को मिस्सल पुन मगरलाई लागुऔषध सहित पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam–५० एम्पुल, Phenergan–५० एम्पुल, Buprenorphine–५० एम्पुल गरी जम्मा १५० एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको छ । पक्राउ परेका छन्त्याल र मगरको बारेमा थप अनुसन्धान कार्य भईरहेको आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए ।

























