म्याग्दे गाउँपालिकाले गर्याे सामाजिक सुरक्षा कोषमा सूचिकृतका लागि आव्हान

म्याग्दे गाउँपालिकाले गर्याे सामाजिक सुरक्षा कोषमा सूचिकृतका लागि आव्हान

तनहुँकाे म्याग्दे गाउँपालिकाले गाउँपालिकाभित्र संचालित संस्थागत विद्यालय, सहकारी संस्था लिमिटेड तथा व्यापारीक औद्योगिकः प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचिकृतका लागि आव्हान गरेको छ । न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान रकम जम्मा गर्न समेत आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालयको मिति ०८१ चैत्र २७ गतेको पत्र २ श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, श्रम नियमावली २०७५, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७४ बमोजिम सूचिकृत हुनका लागि आज सूचना जारी गरेको हो । 
नीजि क्षेत्रबाट संचालित संस्थागत विद्यालय, सहकारी संस्था लिमिटेड तथा व्यापारीक औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत शिक्षक,कर्मचारी,श्रमिक,कामदारहरुलाई नेपाल सूचीकृतका लागि आव्हान गरेको हो ।

 नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको भए कार्यान्वयन गराउनु हुन र सामाजिक सुरक्षा कोषमा सूचीकृत र आवद्ध गराइ योगदान रकम अनिवार्य रुपमा जम्मा गर्न सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page