तनहुँका एसपी शाहीको अर्को सफलता , अबैध सामाग्री नियन्त्रणमा लिइ कारबाही गर्दा साँढे ७ लाख राजश्व संकलन
तनहुँ प्रहरीले कर छली गरी ओसार पसार गरेका कवाड सामान बाेकेका सवारीसाधन लाइ नियन्त्रणमा लिई कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय आँबुखैरनी तथा व्यासमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध रुपमा प्रक्रिया पुरा नगरी ओसारपसार गरेको कवाडी हरूलाइ नियन्त्रणमा लिइ कारबाहीको दायरामा ल्याएको हाे ।
२०८१ चैत ३ गते आँबुखैरेनी २ ट्राफिक पाेष्टबाट ग २ ख १७६६ नम्बरको ट्रकमा लोड भएका विभिन्न सामाग्री नियन्त्रणमा लिइ आन्तरिक राजश्व कार्यालय गाेर्खामा कारबाहीको लागि पठाइएको र उक्त कारबाही / जरिवाना बाट १ लाख ७४ हजार ९६ रूपया राजश्व संकलन भएको तनहुँ प्रहरीले जनाएको छ । यस्तै बैशाख ५ गते बन्दीपुर १ बाट ना ८ ख ६५७९ नम्बरको ट्रकबाट अबैध रूपमा ल्याइएका सामानहरू नियन्त्रणमा लिइ कारबाही / जरिवाना गर्दा ३५ हजार संकलन भएको छ । यस्तै ना ६ ख ४०४६ नम्बरको ट्रकबाट ४० हजार जरिवाना र व्यास १ तालघरे बाट ग १ ख ६९३ नम्बरको ट्रकबाट ४ लाख ९८ हजार गर्दा टाेटल ७ लाख ४७ हजार ९६ रूपया राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले बताए ।

प्रहरीकाे सक्रियता र निगरानीले अबैध रूपमा ल्याइएका सामान नियन्त्रणमा लिन सफल भएको एसपी शाहीले बताए । शाहीकाे नेतृत्वमा रहेको तनहुँ प्रहरीले संगठनको नीति निर्देशनअनुसार आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गर्नुका साथै लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारको पुनर्निर्माण र संरक्षणमा नेतृत्वदायी भूमिका खेल्दै आउनुका साथै समाजमा शान्तिसुरक्षा कायम गराउन सफल भएको छ ।

























