बाहिर ब्युटी पार्लर भित्र याैन व्यवसाय चलाउने दमाैलीकी एक महिला पक्राउ

बाहिर ब्युटी पार्लर भित्र याैन व्यवसाय चलाउने दमाैलीकी एक महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–२ दमौलीमा ब्यूटी पार्लर व्यवसायी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

यौन सम्पर्कमा आउने गरेका युवासँग कमिशन लिएर युवती मिलाइदिने गरेको आरोपमा ४२ बर्षीय पार्वती आलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले बताए । आलेलाई यही बैशाख १९ गते पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए । निज बिरुद्ध मानव बेचबिखन ओसारपसार उद्योगमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।  पुरुषलाई युवतीसंग सम्पर्क गराई दमौली बजार भन्दा बाहिर बेश्याबृत्ति कार्यमा लगाउँदै आएको थाहा पाएपछि निजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,तनहुँका प्रहरी प्रमुख एसपी शाहीले बताए ।

गतहप्ता मात्रै दमाैलीमा हाेटल व्यवसाय गर्ने एक महिला मानव बेचबिखन मुद्दामा कारागार चलान भएकी थिइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page