सबैकाे सहकार्यबाट उपलब्धिमुलक काम हुन्छ- प्रजिअ अधिकारी
तनहुँमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सबैकाे सहकार्यबाट
उपलब्धिमूलक काम हुने वताएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा विहीवार आयोजित सञ्चारकर्मीसँग भेटघाटमा प्रजिअ अधिकारीले उक्त कुरा बताएका हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँले यतिबेला १ सय २० प्रकारका सेवाहरु नागरिक समक्ष प्रवाह गर्दै आएको उनलेे जानकारी दिए।

कर्मचारीको सरुवा प्रक्रिया सामान्य भएको प्रतिक्रिया दिदै उनले पेशागत व्यावसायिकतालाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

कर्मचारीको सरुवा प्रक्रिया सामान्य भएको बताउँदै उनले खटाएको ठाउँमा गएर काम गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरे। तनहुँका प्रजिअका छोटो समयमै भएको सरुवाको सन्दर्भमा पत्रकारले सोधेको जिज्ञासाका विषयमा आफूलाई यसबारेमा जानकारी नभएको टिप्पणी गरे।
प्रजिअ अधिकारीले शान्तिसुरक्षा कायम, अपराध न्यूनीकरण पहिलो प्राथमिकता रहेको बताउदै कार्यालयबाट प्रदान गरिने सेवालाई थप सेवाग्राही मैत्री, सरल र सहज बनाउने प्रतिवद्धता जनाएका थिए। राहदानी, नागरिकता, राष्ट्रिय परिचय पत्र वितरण जस्ता कार्यलाई थप प्रभावकारी बनाइने दावी उनले गरे । जिल्ला भित्र देखिएका विकृति र विसंगतिहरुको अन्त्य गर्न सञ्चारकर्मीहरुले प्रजिअ अधिकारीलाई सुझाव दिएका थिए।
सात महिना मै यस अघिका प्रजिअ श्यामकृष्ण थापाको सरुवा भएपछि नयाँ प्रजिअका रुपमा अधिकारी आएका हुन् ।
























