व्यास ३ वडा कार्यालय भवनको सांसद श्रेष्ठले गरे शिलान्यास
व्यास नगरपालिका वडा नं ३ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । व्यास ३ स्थित नेपाल टेलिकम र अतिथि गृहकाे बिचकाे खाली ठाउँमा बन्ने उक्त भवनकाे कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभासद माननीय अशोककुमार श्रेष्ठले शिलान्यास गरेका हुन् । भवन शिलन्यास कार्यक्रममा जि.स.स प्रमुख शान्ति रमण वाग्ले,व्या न.पा. नगर प्रमुख वैकुष्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , जि.स.स.नि. वर्तमान उप प्रमुख पवित्रा पौडेल,विष्णु भक्त सिग्देल निवर्तमान वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ , वडा सदस्य श्रीमाया वि क लगायतले शुभकामना मन्तब्य राखेका थिए।

त्यस्तै कार्यक्रममा व्या.न.पा. वडा न. ९ अध्यक्ष एवं प्रवक्ता सुरेश थापा , वडा नं. ४ का अध्यक्ष मन वहादुर गुरुङ, वडा नं. १३ का अध्यक्ष बसन्त वहादुर आले , कार्यपालिका सदस्यहरू , मालपोत कार्यालय प्रमुख लगायतका विभिन्न कार्यालय प्रमुख, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष र वडा का वासिन्दाहरूको उपस्थिती रहेको थियो । कूल १ करोड ३४ लाख ६८ हजार ९ सय २१ रुपैयाँ २१ पैसाको बजेटमा वडा कार्यलयको भवन निर्माण हुन लागेको हो । भवनको लागि व्यास नगर पालिकाले ४० लाख वजेट विनियोजन गरेको हुनाले भवन निर्माणको थालनी गरीएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए । उनका अनुसार यदि प्रदेशबाट रकम विनियोजन भएमा व्यास नगर पालिकाले फेरि बजेट विनियोजन गर्न नपर्ने जनाए । भवनको पहिलो र दोस्रो तला कार्यालयको लागि र तेस्रो आवास तथा चौंथो सभा हलकाे लागि निर्माण हुने घिमिरेले जानकारी दिए ।
भवन अभावका कारण कहिले नगरपालिकाले दिएको भवनमा त कहिले भाडामा वडा कार्यालय वस्दै आएको छ । भवनको लागि जग्गा प्राप्ती भए सँगै वडा वासीअरु अत्यन्तै खुसी भएको वडा न ३का वडा अध्यक्ष अनुप रानाले बताए । त्यसै गरी अव आफ्नै भवनबाट वडाको काम गर्न सहज हुने पनि अध्यक्ष रानाले बताए ।
वडाअध्यक्ष अनुप रानाको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत सदस्य दधिराज घिमिरेले र कार्यक्रमको सहजिकरण वडा सदस्य विनु श्रेष्ठले गरेकि थिईन् ।

६ आना क्षेत्रफलमा निर्माण हुन लागेको वडा कार्यालयको भवनको काम भने पोखरा १० कास्की ईकोजोन आरके टेक कन्स्ट्रक्सन प्रालिले पाएको छ । १ वर्ष भित्रमा उक्त भवन बनाइसक्नुपर्नेछ ।
























