रेष्टुरेन्ट संचालनका नाममा याैनधन्दा चलाउने मालिक पदम सहित व्यासका सलन पक्राउ

रेष्टुरेन्ट संचालनका नाममा याैनधन्दा चलाउने मालिक पदम सहित व्यासका सलन पक्राउ

पोखरामा रेस्टुरेन्ट संचालनका नाममा यौनधन्दा चलाउने एक जना रेस्टुरेन्ट मालिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं.०८ सृजनाचोक स्थित रहेको मनिका रेष्टुरेण्टका मालिक मकवानपुर वकैया गाउँपालिका वडा नं.०४ स्थायी घर भएका ४० वर्षीय पदम लुङ्बालाई कास्की प्रहरीले रेस्टुरेन्टको आडमा यौनधन्दा संचालन गरेको आरोपमा पक्राउ गरेको हो। उनको रेस्टुरेन्टमा यौन पार्टनर खोज्दै गएका तनहुँको व्यास नगरपालिका वडा नं. ५ साँगे बस्ने २१ वर्षीय सलन गुरुङ र पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनका ५१ वर्षीय तेजनारायण तिमिल्सिनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

रेस्टुरेन्टको नाममा यौनधन्दा संचालन गरेको आरोपमा रेस्टुरेन्ट मालिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुबिरुद्ध जिल्ला अदालत कास्कीमा मानव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा छ दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिएको छ। तर उक्त रेस्टुरेन्टमा काम गर्ने पांच जना महिलाहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page