प्रथम छाङ्गेली कप भलिबलमा राष्ट्रिय खेलाडीलाई सम्मान

प्रथम छाङ्गेली कप भलिबलमा राष्ट्रिय खेलाडीलाई सम्मान


तनहुँकाे म्याग्दे स्थित छाङ्ग युवा सञ्जाल वडा नं ४ र ५ काे आयाेजनामा छाङ्गमा भएको प्रथम छाङ्गेली कप भलिबल प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू लाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा
सन्जु बिक्रम शाह (गण्डकी प्रदेश टिम क्याप्टेन), हिमाल सुनारी मगर (गण्की प्रदेश खेलाडी), नबिन महतो “पुतली” (बागमती प्रदेश खेलाडी) , प्रेम कुमाल “कान्छि” (गण्की प्रदेश खेलाडी) र विशाल सिं ठकुरी (तनहुँ भलिवल टिम क्याप्टेन)रहेका छन् । उनिहरूलाइ भलिबलकाे बिकासमा दिएको याेगदानकाे मुल्यांकन गर्दै सम्मान गरिएको हाे ।

छाङ्ग युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरूङ ( निशान ) काे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतको सहभागीता रहेको उक्त प्रतियोगिताका खेल संयाेजक गाैरबराज रानाले बताए । सम्मानित खेलाडीहरू प्रतियोगितामा समेत भाग लिएका थिए । राष्ट्रिय स्तरका खेलाडी समावेश प्रतियोगिता भएकोले पनि उक्त खेल हेर्न टाढा टाढा बाट दर्शकहरू आएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page