तनहुँका १० पालिका मध्ये सबैभन्दा कम बेरूजु भानु नगरपालिका र सबैभन्दा धेरै बेरूजु बन्दीपुर गाउँपालिकाकाे !

तनहुँका १० पालिका मध्ये सबैभन्दा कम बेरूजु भानु नगरपालिका र सबैभन्दा धेरै बेरूजु बन्दीपुर गाउँपालिकाकाे !

तनहुँकाे दशवटा पालिकामध्ये भानु नगरपालिकाको बेरुजु सबैभन्दा कम देखिँदा सबैभन्दा बढी बेरूजु बन्दीपुर गाउँपालिकाकाे देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा भानुकाे ०.५० प्रतिशत बेरुजु देखिएको हो ।
कम बेरुजु देखिने पालिकामध्ये दोस्रोमा रहेको छ म्याग्दे गाउँपालिका। गत आवमा म्याग्देकाे १.३९ प्रतिशत बेरुजु देखिएको महालेखाले औँल्याएको छ ।यस्तै सबैभन्दा धेरै बेरूजु बन्दीपुरमा ४.०९ प्रतिशत रहेको छ । जिल्लाका अन्य पालिका मध्ये भिमादमा २.८२, व्यासमा १.८४, शुक्लागण्डकीमा २.९३, आँबुखैरेनीमा १.९०, ऋषिङमा १.७५, घिरिङमा २.०२ र देवघाटमा २.४२ प्रतिशत बेरूजु रहेको छ ।

जिल्लास्थित भानु नगरपालिकामा रु एक करोड १६ लाख ११ हजार, भिमाद नगरपालिकामा रु चार करोड दश लाख ४८ हजार, व्यास नगरपालिकामा रु पाँच करोड ९७ लाख ८९ हजार, शुक्लागण्डकी नगरपालिकामा रु चार करोड ९५ लाख ८७हजार, आँबुखैरेनी गाउँपालिकामा रु एक करोड ८४ लाख ६३ हजार, ऋषिङ गाउँपालिकामा रु दुई करोड २१ लाख २८ हजार, घिरिङ गाउँपालिकामा रु एक करोड ८६ लाख ७८ हजार, देवघाट गाउँपालिकामा रु दुई करोड ६७ लाख ७२ हजार, बन्दीपुर गाउँपालिकामा रु चार करोड ३० लाख ६३ हजार, म्याग्दे गाउँपालिकामा रु एक करोड ६७ लाख ८९ हजार बेरुजु देखिएको छ ।

जिल्लाका पालिकाहरूमा अघिल्लो बर्षकाे तुलनामा यसपटकको बेरूजु बढी देखिएको छ । यसपटक तनहुँका स्थानीय तहमा करिब ३० करोडको बेरूजु देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page