६३ लाख नगदका साथै २ वटा बाइक, १२ ताेला सुन र २४ ताेला चाँदी सहित तनहुँका ३ युवा पक्राउ
कास्की प्रहरीले ५ जनालाइ पक्राउ गरि चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरेको छ । पक्राउ परेका मध्ये तीनजना तनहुँकाे शुक्लागण्डकीका रहेका छन् । उनिहरूले पाेखराका ९ वटा र तनहुँका ३ वटा घरमा चाेरी गरेको खुलेको छ । चाेरीमा संलग्नहरूले नगद करिब ६३ लाख , सुन १२ ताेला र चाँदी २४ ताेला तथा माेटरसाइकल र स्कुटर चाेरी गरेको खुलेको छ । सुक्रवार कास्की प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएअनुसार
घटना विवरण यस्तो छ –
•केही महिना देखी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६, ३०, ३१, ३२ लगायतको एरियाहरुमा घरको ताला फोरी चोरी भएको भन्ने सूचना प्राप्त भएको ।
चोरी भएको भनी हालसम्म प्राप्त जाहेरी तथा विवरण :
(1)मिति २०८१।१०।१६ गते अन्दाजी २३:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३० शिसुवा स्थित घरमा कोही नभएको अवस्थामा ढोकाको ताला फोरी जम्मा अं. रु.४,४९,०००।– बराबरको धनमाल चोरी भएको
2)मिति २०८१।११।११ गते राति जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३२ सातमुहाने दुर्गा मन्दिर टोल स्थितमा घरमा कोही नभएको अवस्थामा ढोकाको ताला फोरी जम्मा अं.रु.१८,०४,७५०।– बराबरको धनमाल चोरी भएको ।

चोरी भएको भनी जाहेरी प्राप्त स्थानहरु :
(1)मिति २०८१।११।२८ गते अन्दाजी दिउसो १३:१५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३१ शान्तिपथ ठुलढुंगा मा जम्मा अं. रु.८,८०,०००।– बराबरको धनमाल चोरी भएको ।

४. मिति २०८२।०१।२५ गते अन्दाजी दिउसो १४:११ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२६ बिजयपुर स्थितमा घरको ढोकाको ताला फोरी अं. रु.३,४३,०००।– बराबरको धनमाल चोरी भएको ।
चोरी भएको भनी जाहेरी प्राप्त स्थानहरु :
५. मिति २०८१।१२।२८ गते राती अन्दाजी १२:५१ बजे जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २६ बिजयपुर सोतोटोल स्थितमा घरमा कोही नभएको अवस्थामा घरको ढोकाको ताला फोरी जम्मा अं. रु.१४,४८,२००।– बराबरको धनमाल चोरी भएको ।
६. मिति २०८१।०८।१४ गते अन्दाजी दिउसो १४:३० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २६ बिजयपुर सोताटोल स्थित घरको तालाफोरी अं.रु. १५,९१,५६०।– बराबरको धनमाल चोरी भएको ।
७. मिति २०८१।०९।१२ गते बेलुका अं.१९:०० को समयमा जिल्ला कास्की पोखरा म.न.पा.२६ सक्कनेरी नहरकुलो स्थित घरको च्यानलगेटको ताला खोली अं. रु.३,८६,७५०।– बराबरको धनमाल चोरी गरेको ।
८. हाल सम्म अं. रु. ६९,०३,२६०।– जाहेरी प्राप्त र अन्य केही जाहेरी आउने क्रममा रहेको ।
नामथर : कट्टप्पा भन्ने सुवास वि.क.
उमेर : २६ वर्ष
ठेगाना : जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. १० शांखे
पेशा : ठेक्कापट्टा (ढुङ्गा गिट्टी बालुवा) ।
शै.यो. : १० पास
पक्राउ मिति र स्थान : मिति २०८२।०१।२९ गते
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २६ बुढिबजार
पक्राउ व्यक्तिको विवरण :
कट्टप्पा भन्ने सुवाष बि.क.को पृष्ठभुमी
•मिति २०७४।२।११ गते देखि ऐ.२२ गतेसम्म कास्की जिल्लाको बिभिन्न स्थानबाट रु. रु.१९,९९,५६४।– बराबरको धनमाल चोरी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय कास्की बाट मुद्दाको अनुसन्धान भएको ।
- मिती २०७४। ०३।१४ गते सम्मानित जिल्ला अदालतबाट निजलाई ५ बर्ष कैद र रु.३,५०,५१५ जरिवाना भएको
•मिति २०७९।०२।१० गते सजाय भुक्तान गरी कारागारबाट छुटेको ।
•कारागारबाट छुटे पछी कतार गई ३ महिनामा नै नेपाल फर्केको
नामथर : बिमल बि.क.
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. १० शांखे
पेशा : ड्राईभर
शै.यो. : ११ पास
नाताः दाजुभाई ( सुवाषको ठुलो बुवाको छोरा)
पक्राउ मिति र स्थान : मिति २०८२।०१।२६ गते
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३२ मजुवा
पक्राउ व्यक्तिको विवरण :
नामथर : गणेश सुनार
उमेर : २२ वर्ष
ठेगाना : जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ११ दुर्गे
पेशा : दुर्गा बहादुर थापाको कालिगढ
शै.यो. : १२ पास
नाताः सुवाष बिक को फुपुको छोरा
पक्राउ मिति र स्थान : मिति २०८२।०१।३१ गते
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १० गौरीमार्ग
पक्राउ व्यक्तिको विवरण :
नामथर : सुरेश बि.क.
उमेर : ३३ वर्ष
ठेगाना : जिल्ला स्याङ्ग्जा पु.व.न.पा. ९ काल्खु घर भई हाल पोखरा म.न.पा. २ बस्ने
पेशा : दुर्गा बहादुर थापाको कालिगढ
शै.यो. : एसएलसी पास
नाताः सुवाषको फूपुको छोरा
पक्राउ मिति र स्थान : मिति २०८२।०१।३१ गते
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १० गौरीमार्ग
पक्राउ व्यक्तिको विवरण :
नाम: दुर्गा बहादुर थापा
उमेर : ५३ वर्ष
ठेगाना : जिल्ला स्याङ्ग्जा पु.व.न.पा. ९ काल्खु स्थायी घर भई हाल पोखरा म.न.पा. १० गौरीमार्ग
पेशा : स्याङ्ग्जा कोल्माकोट सुनचाँदी पसल,रामबजार संचालक
शै.यो. : ९ पास
नाताः सुवास वि.क.को मामा
पक्राउ मिति र स्थान : मिति २०८२।०१।३१ गते
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १० गौरीमार्ग
पक्राउ व्यक्तिको विवरण :
दुर्गा बहादुर थापाको पृष्ठभुमी
•मिति २०५७।०८।०५ र २०६४। १२।०१ मा जिल्ला प्रहरी कार्यालय कास्की बाट सार्बजनिक मुद्दामा अनुसन्धान भएको । - मिती २०८०।०३।०६ मा व. प्र.का.वालिङ्गबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भएको ।
बरामद सामानहरुको फोटो
•छड्के तिलहरी – १ थान पोते सहितको, ३ थान बन्दै गरेको
•माईली तिलहरी – ३ थान,
•सानो तिलहरी – १ थान,
•चन्द्र पोते – ५ थान,
•मोति माला – ५ थान,
•चन्द्रमा – ५ थान,
•गेडी पोते – ३ थान,
•मंगलसुत्र – ४ थान,
•नौ गेडी – १ थान,
•१ गेडी – २ थान,
•पेन्डम माला – ७ थान
•रातो स्टार पोते – ६ थान,
•सिक्री – १ थान,
•औंठी – ७ थान,
•चिम्टी काँटा – ४ थान,
•पञ्चरत्ने बाला – १ थान,
•टप – ४ जोर,
•फूली – ६ थान,
•कानको ढुम्री- १ जोर,
•सुनका टुक्रा (ढिक्का) – ५ थान
•सुनका ससाना टुक्राहरु
सुनका गरगहनाहरु ( अं.१२ तोला ८ लाल)
बरामद सामानहरुको विवरण
•चाँदीको औंठी – ३ थान
•पथ्थर सहितको सिक्री – १ थान,
•सानो बाला – ३ जोर,
•ठूलो बाला (रैया) १ जोर,
•पाउजु – ३ जोर,
•सिक्री – १ थान,
•पञ्चरत्ने बाला – १ जोर,
•चुरी – १ थान
•चाँदीका टुक्राहरु – ४ थान
चाँदीका गरगहनाहरु अं. २४ तोला
अन्य सामानहरु
•फलामको रड – १ थान,
•ल्याप्टपको चार्जर – १ थान,
•सुन गाल्न प्रयोग गर्ने निम्पल – १ थान,
•चिम्टी – १ थान,
•गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टा – १ थान
घटना
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्य :
•चोरी कार्यमा आफ्नै नातादारहरु संगठितरुपमा लागेको ।
•घरमा कोही नभएको अबस्थामा ताला फोरी चोरी गर्ने गरेको ।
चोरी गरेको गर गहना आफ्नै नातेदार दर्गा बहादुर सुनार भन्ने दुर्गा बहादुर थापालाई दिने गरेको ।
सुवाष वि क ले चोरी गर्न प्रयोग गर्ने गरेको ग २२ प ४९८९ नम्बरको NS Pulsar मोटरसाईकल निजको दाई नाता पर्ने हाल कारगारमा हातहतियार तथा खरखजना मुद्दामा सजाय भोगीरहेको नर बहादुर बि क बाट प्राप्त गरेको र सो मो.सा. समेत चोरीको रहेको । रोयल ईनफिड बाईक दर्ता
चोरी गर्न ग २१ प ६७५३ नम्बरको स्कुटरको समेत प्रयोग गरेको खुल्न आएको ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्य :
•निजहरुले १२ वटा घरमा चोरी गरेको खुलाएको, पोखरा एरियामा ९ स्थानमा र तनहुँको स्थानमा ३ वटा चोरी गरेको । यो संख्या बढ्न सक्ने ।
चोरी गर्दा सुनका गरगहना र नगद लाई मात्र फोकस गर्ने गरेको।
बिमल बि क ले चोरी गर्न जादा आउदा मोटरसाईकलमा ल्याउने पुराउने जस्ता कार्य गर्ने गरेको ।
सकेसम्म CCTV नभएको स्थानलाई चोरी गर्ने स्थानको रुपमा छनौट गर्ने गरेको ।
•चोरी गरेको गरगहना मामा दुर्गा थापाले ब्यबस्थापन गर्ने गरेको।
बरामद सामानहरुको विवरण र फोटो
ग २२ प ४९८९ नम्बरको मो.सा.
ग २१ प ६७५३ नम्बरको स्कुटर
निजहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
























