तनहुँमा सुरक्षाको नयाँ भरोसा

तनहुँमा सुरक्षाको नयाँ भरोसा

 जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत एसपी विरेन्द्र बहादुर शाही हाल जनस्तरमा खुलेर प्रशंसित भइरहेका छन्। इमानदारी, कानुनी निष्ठा र जनमैत्री व्यवहारका कारण उनी स्थानीय जनप्रतिनिधि र नागरिकहरूको नजरमा आदर्श प्रहरी अधिकृतको रूपमा उभिएका छन्।उनको नेतृत्वमा तनहुँमा अपराध नियन्त्रण, कानुनी पालना तथा नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको देखिन्छ। कानुनी मापदण्ड अनुसार निष्पक्ष रूपमा काम गर्ने उनको शैलीले विशेषगरी युवाहरूलाई प्रेरित बनाएको छ।

हुनत एसपी शाही यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा इमानदार, निडर र कुशल प्रहरी अधिकृतका रूपमा चिनिँदै आएका थिए। उनले राजनीतिप्रति निर्लिप्त भई केवल कानुनी मापदण्ड, नागरिक सुरक्षाको भावना र सेवामूलक दृष्टिकोणमा आधारित प्रहरी कार्य सञ्चालन गर्दै आएका छन्।

स्थानीय बासिन्दाहरू भन्छन्, “शाही सर आएपछि प्रहरी प्रशासनको छवि सुध्रिएको छ। अब प्रहरीले जनताको घर ढोका ढक्ढक्याउन डराउनु पर्ने दिन गए। उनीजस्तो अधिकारीहरू देशभर चाहिन्छ।”
एसपी शाहीकाे यस्तो समर्पित कार्यशैलीले केवल प्रहरी संस्थाको विश्वास बढाएको छ, तर युवाहरूलाई पनि कानून, सेवा र नेतृत्वको नयाँ बाटो देखाइरहेको छ।

तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति शुकनारायण मल्ल भन्छन् “इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ। जनता अहिले साँच्चिकै शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन्।” शान्त वातावरणले व्यवसायीहरूलाइ पनि राहत मिलेको छ ।
दमाैलीका अर्का युवा नेता अजित पन्थले यसपटकको एसपी साब सहकार्य गरेर अगाडि बढ्ने स्वभावकाे भएको बताउँछन् । उहाँको मिलनसार बाेली ,व्यवहार र सकारात्मक साेचले साच्चिकै म जस्ता युवा पुस्ता प्रभावित छाैं पन्थ भन्छन् ।
तनहुँमा एसपी शाहीकाे बसाइ अहिले करिब ९ महिना पुगेको छ । उनको याे कार्यकालमा प्रहरी कार्यालय व्यवस्थापन देखि ठुला देखि साना तहका प्रहरी कर्मचारी सँग सरल व्यवहारले प्रहरी भित्रै पनि उनी प्रसंशीत छन् । एक प्रहरी कर्मचारी भन्छन् – अहिलेकाे एसपी साव व्यवहारिक हुनुहुन्छ , समस्या बुझ्ने हुनुहुन्छ ।
प्रहरी प्रमुख शाहीले जिल्लामा लागुऔषध प्रयाेगकर्ता देखि समाजमा बिक्रितीकाे रूपमा रहेकाे जुवातास , याैन गतिविधिमा संलग्न व्यक्तिहरू लगायतलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुले सर्वसाधारणले शान्तिसुरक्षाको महशुस गरेको पाइन्छ । उनको यही पहलले पछिल्लो समय जुवाडे , ट्यापे , मुन्द्रेकाे भागाभाग भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page