तनहुँमा घाँस काट्न गएका दुई महिलाको भीरबाट लडेर मृत्यु

तनहुँमा घाँस काट्न गएका दुई महिलाको भीरबाट लडेर मृत्यु

तनहुँकाे ऋषिङ्गमा साेमबार घाँस काट्न गएका दुई महिलाकाे भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ऋषिङ–३ निवासी ६२ बर्षीया श्रीमाया राना र देवघाट –२ निवासी २६ बर्षीया खिमसरा मगर रहेका छन् ।

उनिहरू ऋषिङ गाउँपालिका–३ सोलुङ स्थित  कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका थिए । घाँस काटेर लामो समय नफर्केपछि स्थानियहरुले  खोज तलास गर्दै जाने क्रममा घाँस काटेको स्थान देखी अन्दाजी एक सय मिटर तल मृत अवस्था फेला पारेका थिए । ठाडो भीर भएकोले उक्त घटना घटेको स्थानीयले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page