म्याग्देका असहाय , बिरामीलाई वडासदस्य अधिकारीले निशुल्क रूपमा अस्पताल पुर्याउने
गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा व्यवसायीले
सार्वजनिक सवारीका साधन बन्द गरेका छन् ।
शुक्रबारदेखि सवारीसाधन बन्द भए पछि यसको प्रतक्ष्य मार गरिब , असहाय , बिरामीहरूलाइ परेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिँदै अनिश्चितकालीन बन्दको आव्ह्वान गरेसँगै बन्द लम्बिने सम्भावना बढेको छ ।
यसैबीच लामो समयसम्म यातायात बन्द हुने देखिएपछि तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ का वडा सदस्य रमेश अधिकारी क्षेत्रीले पालिकाभित्रका गरिब ,असहाय र बिरामीहरूलाइ निशुल्क यातायातको व्यवस्था गर्ने भएका छन् । मानिसहरू बिरामी भएर गाडी पाउन नसकि अस्पताल सम्म पुग्न नसक्ने अवस्थामा जाेकसैले पनि आँफुलाइ सम्पर्क गर्न उनलेे अनुरोध गरेका छन् । म मेराे निजी गाडीबाट म्याग्देबासीलाइ सेवा दिन्छु उनले भनेका छन् ।

यसअघि काेभिडकाे समयमा पनि खाद्यान्न बाँड्ने देखि यातायातको सेवा निशुल्क रूपमा गरेको स्मरण गर्दै अधिकारीले मानवीय संवेदनशीलतालाइ हेरी उक्त सहयोग गर्न लागेको बताएका छन् । सहयोगका लागि सदस्य अधिकारीकाे माेवाइल नम्बर
9805835211 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

























