पदक बिजेता खेलाडीलाई कालिका मावि देवघाटकाे सम्मान

पदक बिजेता खेलाडीलाई कालिका मावि देवघाटकाे सम्मान


पदक बिजेता खेलाडी हरुलाई कालिका मावि देवघाटले सम्मान गरेको छ । बिद्यालयले विभिन्न समयमा भएका खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको हाे ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको संयोजकत्वमा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८२मा विजयी खेलाडी लगायतलाई बिद्यालयले सम्मान गरेको हाे । कालिका मावि बाट विभिन्न खेल समुहमा सहभागी भई कराँते विधामा महिला एकल कातामा मनिषा गुरुङ्ग प्रथम , त्यसैगरी पुरुष कुमुते ५२केजिमा दिलिप गुरुङ्ग तृतीय र सटफुट महिला तर्फ परि माया आले दोस्रो हुन सफल भएका थिए । यस्तै १५ औ राष्ट्रिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा देवघाटका मनिषा गुरुङ्गले एकल कातामा तृतीय तथा जनकपुर धामको आयोजनामा १८औ राष्ट्रिय सोतोकान कराँते च्याम्पियनसिप तथा दोस्रो वडा अध्यक्ष कप – २०८२मा कालिका मावि बाट सहभागी भई एकलकाता मा प्रथम र ५० केजि महिला कुमुते मा मनिषा गुरुङ्ग तृतीय हुन सफल भएकोमा पदक बिजेता खेलाडी हरुलाई सम्मान गरिएको हाे ।

खेलाडीहरूलाइ हौसला प्रदान गर्न बिद्यालय ब्यवस्थापन समिति,स्कुल प्रशासन तथा देवघाट गाउँ पालिकाले सम्मान गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page