ढोरबाराही एफएम १५ औँ बर्षमा, खाजा पसललाई रेडियो वितरण

ढोरबाराही एफएम १५ औँ बर्षमा, खाजा पसललाई रेडियो वितरण


दुलेगौँडा ।
तनहुँको दुलेगौँडाबाट प्रशारित रेडियो ढोरबाराही १०३.८ मेगाहर्ज आफ्नो प्रशारण यात्राको १५ बर्षमा प्रवेश गरेको छ । रेडियोले सफलताका साथ १४ औँ बर्ष पार गरेको अवसरमा आइतबार शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्रका चिया तथा खाजा पसलहरुमा रेडियो वितरण गरेको छ । यस्तै बार्षिकोत्सवको अवसर पारेर देशकै नमुना विद्यालय पञ्चमुनीदेव माध्यममिक विद्यालयमा डस्विन वितरण समेत गरिएको छ । रेडियोका उपाध्यक्ष खेमराज खनाल, प्रशारण उपसमितिका संयोजक ज्ञानप्रसाद भण्डारी लगायत सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा रेडियो तथा डस्विन वितरण गरिएको थियो । स्रोताहरुको संस्था बढाउनुका साथै स्थानीयलाई स्थानीय समाचार र जानकारीहरुबाट सुसुचित बनाउन रेडियो वितरण गरिएको रेडियोका अध्यक्ष कृष्णराज पण्डितले बताउनुभयो ।
कोत्रेमा रहेको मोनिका खाजाघरमा रेडियो वितरण गर्दै उपाध्यक्ष खेमराज खनालले समाजमा राजनितिक, सामाजिक तथा आर्थिक चेतना बृद्धि गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । यस्तै प्रशारण उप समितिका संयोजक ज्ञानप्रसाद भण्डारीले रेडियो ढोरबाराहीले स्थानीय क्षेत्रका समाचार, स्थानीय कलाकारहरुको गित सँगितहरुलाई विशेष प्राथमिकता दिदै आएकाले रेडियो वितरण पश्चात मौलिक कला संस्कृतिको विकासमा समेत सहयोग पुग्ने विस्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा रेडियोका कोषाध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका ४ वडाध्यक्ष राजकुमार वाग्ले, सञ्चालक समितिका सदस्यहरु मानकुमार तिम्ला, विष्णुबहादुर महत, राजबहादुर थापा, स्टेशन म्यानेजर अशोक विश्वकर्मा लगायतले खाजा पसलका सञ्चालकहरुलाई रेडियो वितरण गरेका थिए ।
सञ्चालकहरुले रेडियो प्रशारण गरेर सहयोग गर्ने र ग्राहकको रुपमा आउने नागरिकहरुलाई समाचार र मनोरञ्जन मार्फत सुसुचित बनाउन भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । डस्विन ग्रहण गर्दै पञ्चमुनीदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारीले रेडियो मार्फत सकरात्मक कार्यभएको भन्दै आगामी दिनमा सहकार्यलाई अझै बृद्धि गर्दै जाने बताउनुभयो ।
२०६८ साउन ४ गते स्थापना भएको यस रेडियोले सुचना, समाचार र मनोरञ्जन प्रदान गर्दै आएको छ । रेडियो तनहुँ सहित स्याङ्जा, कास्की, नवलपरासी, गोर्खा र लमजुङ जिल्लामा सुन्न सकिने स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page