छिर्कनेमा माइक्रो दुर्घटना , ४ जना घाइते

०८२-४-४
तनहुँकाे व्यास न.पा.१२ छिर्कन स्थित पृथ्बिराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ८४१३ नं.को हाईस चालकले नियन्त्रण गुमाई दुर्घटना हुन जाँदा हाईसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी रत्नहरी अस्पताल दमौली ल्याएको प्रहरीले बताएको छ । हाईस चालक नियन्त्रणमा राखिएको र घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा –

१ जिल्ला कास्की पो.म.न.पा.६ बस्ने बर्ष ४० को रुद्र ब.पहाडी बायाँ हातमा चोट अबस्था समान्य ।
२ जिल्ला तनहुँ सुक्लागण्डाकी न.पा.५ बस्ने बर्ष ३० को रामु थापा बायाँ घुडामा चोट सामान्य ।
३ जिल्ला सोलुखुम्बु नेचासल्यान गा.पा.३ बस्ने बर्ष ५४ को रुद्र प्र.कटेल बायाँ गाला,कुम र खुट्टामा चोट अबस्था मध्यम ।
४ सहचालक जिल्ला धादिङ गंगा जमुना गा.पा.२ बस्ने बर्ष २० को कृष्ण ब.तामाङ बायाँ कुममा भित्री चोट अबस्था सामान्य ।
























