आदिवासी जनजाति महासंघ तनहुँका काेशाध्यक्ष मल्लकाे ४५ औ शाेकसभा कार्यक्रम सम्पन्न

नेपाल आदिवासी जनजाति महासघं तनहुँले शाेकसभा कार्यक्रम गरेको छ । महासंघका काेशाध्यक्ष स्वर्गीय क्या तारालाल मल्लकाे निधन भएको ४५ औ दिनकाे स्मृतिमा महासंघले शाेकसभा गरेको हाे ।

महासंघका वरिष्ठ उपाध्यक्ष नन्दु थापा मगरकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासघंका सल्लाहकार बसुन्धरा घर्ती , हरिसिङ गुरुङ , शंकरनारायण श्रेष्ठ , ताराप्रसाद श्रेष्ठ , नगर परिषदका अध्यक्ष क्या साेम बहादुर थापा , परिवारकाे सदस्य छाेरा डिक्सन मल्ल लगायतले स्वर्गीय मल्लले सामाजिक क्षेत्रमा गरेको याेगदानकाे चर्चा गरेका थिए । सहभागी वक्ताहरूले आदिवासी जनजातिको क्षेत्रमा समेत स्वर्गीय मल्लको उत्तिकै याेगदान रहेको भन्दै यसमा सम्पुर्ण परिवारकाे देन रहेको बताएका थिए ।


उक्त कार्यक्रमकाे महासंघका सह सचिव सेर बहादुर बाेटेले समन्वय गरेका थिए।
























