खुँडा देखाएर आतंक मच्चाएको आरोपमा भानुबाट रास्वपाका नेता लौडारी पक्राउ

खुँडा देखाएर आतंक मच्चाएको आरोपमा भानुबाट रास्वपाका नेता लौडारी पक्राउ

धारिलो हतियार खुडा देखाएर आतंक मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राती डरलाग्दो हतियार देखाएर लौडारीले स्थानीयलाई आतंक मच्चाएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु नगरपालिका–१३ निवासी अशोक अधिकारीलाई घरमै पुगेर खुडाँ देखाएर मार्छु भनेर आतंक मच्चाएका थिए । राती ढोका लगाएर घरभित्र पसेकोले उनिहरू बाच्न सफल भएका थिए । लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै खुँडाले घरमा झटारो हानेका थिए । स्थानीयले गुहार माग्दै प्रहरीलाई खबर गरेपछि लौडारी भागेका थिए । लौडारी हाल काठमाडौंमा बस्दै आएका छन् । रवि लामिछानेको पक्राउको बिरुद्ध हस्ताक्षर संकलनको लागि लौडारी आफ्नो जन्म गाउँ आएका थिए । लौडारीलाई भानु नगरपालिका–२ नारेश्वाटार स्थित इलाका प्रहरी कार्यालय भानुले नियन्त्रण लिई हिरासतमा राखेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page