गायक अरूण थापाको स्मृतिमा दमाैलीमा मगर बिद्यार्थीकाे दिपप्रज्वलन


मगर विद्यार्थी संघ तनहुँले दमाैलीकाे अनशन चाैतारीमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । गायक
अरुण थापाकाे २६ औँ स्मृति दिवसमा संघले दिपप्रज्वलन कार्यक्रम गरेको हाे । दिप प्रज्वलनकाे नेपाल मगर बिद्यार्थी संघका केन्द्रीय सचिव विनिता थापा मगरले शुभारम्भ गरेकी थिइन् ।

मगर बिद्यार्थी संघ तनहुँका अध्यक्ष बिजय थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर बिद्यार्थीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।


























