प्रदेश खेलकुद परिषद सदस्यमा तनहुँकी केशु

प्रदेश खेलकुद परिषद सदस्यमा तनहुँकी केशु

गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषद बोर्डको सदस्यमा तनहुँकी केशमाया (केशु) गुरुङ मनोनयन भएकी छन् ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले हालैआयोजित शपथग्रहण कार्यक्रममा गुरुङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

शपथग्रहण समारोहमा मन्त्री थापाले खेलकुदको प्रवर्द्धनमा सक्रिय भूमिका निभाउने, खेलको विकास र युवा परिचालनमा गुरूङकाे योगदान उल्लेखनीय रहने बताए ।

गण्डकी प्रदेश सरकारको असार ३० गतेको निर्णय अनुसार गुरुङ मनोनित भएकी हुन् । केशु गुरुङको मनोनयनसँगै तनहुँबाट खेलकुद क्षेत्रमा प्रतिनिधित्व प्रदेश स्तरमा भएको छ। गुरूङ अन्य थुप्रै सामाजिक संघसंस्थामा समेत आबद्ध रहेर उल्लेखनीय काम गर्दै आएकी छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page