राप्रपा शुक्लागण्डकी १० काे अध्यक्षमा दिलकुमारी

राप्रपा शुक्लागण्डकी १० काे अध्यक्षमा दिलकुमारी

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँ , शुक्लागण्डकी नगरपालिका वडा नं १० को वडा अधिवेशन सम्पन्न भएको छ । सनिवार सम्पन्न अधिवेशनले दिल कुमारी खाँडको अध्यक्षतामा १९ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा बाबुराम रेग्मी , सचिबमा दिपक खाँड ठकुरी , कोषाध्यक्षमा मनिषा अधिकारी , सह सचिबमा खेमबहादुर थापा चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा हुम बहादुर खाँड , गुनु चन्द , अजिता खाँड , कल्पना खाँड ठकुरी , सुस्मिता खाँड ठकुरी , देवी खाँड ठकुरी , कल्पना खाँड , कृष्ण बहादुर खाँड , रीता खाँड , राधा खाँड , भिम बहादुर खाँड , खिमबहादुर थापा, डिक बहादुर मल्ल र सिद्धबहादुर खाँड चयन भएको राप्रपा तनहुँका अध्यक्ष बिनाेद घर्तीले बताए ।

साे अवसरमा विभिन्न पार्टी परित्याग गरी हुम बहादुर खाँड,दिपक खाँड,मनिषा अधिकारी,गुनु चन्द,अजिता खाँड,कल्पना खाँड ठकुरी,सुस्मिता खाँड,देवी खाँड,कल्पना खाँड,दिलकुमारी खाँड,रिता खाँड,राधा खाँड,भिम बहादुर खाँड,खिम,बहादुर थापा र डिक बहादुर मल्ल लगायत गरि १५ जना युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको अध्यक्ष घर्तीले जानकारी दिए । पार्टीमा प्रवेश गर्नेहरूलाइ राप्रपा तनहुँका नेताहरूले टीका तथा खादा लगाइ स्वागत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page