गणित शिक्षा परिषद तनहुँको अध्यक्षमा अनिल
गणित शिक्षा परिषद तनहुँको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्बत चयन गरेको छ ।समितिकाे उपाध्यक्षमा पम्फादेवी श्रेष्ठ ,सचिवमा राजू ढकाल , कोषाध्यक्ष कार्यसमितिले मनोनित गर्ने र सहसचिवमा देवेन्द्र थापा चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा ध्रुव भण्डारी र रेशम कुलाल चयन भएका छन् भने अन्य सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ । अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा नरेन्द्र नाथ न्यौपाने , ज्ञानेन्द्र पण्डित र ऋषिराम सिग्देल चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधीमा श्रीकान्त घिमिरे , कृष्ण प्रसाद तिवारी , विजय आचार्य रहेका छन् ।


























