म्याग्दे गाउँपालिकाका उत्कृष्ट ८ कर्मचारी सम्मानित

म्याग्दे गाउँपालिकाका उत्कृष्ट ८ कर्मचारी सम्मानित

म्याग्दे गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । पालिकाकाे बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा ती कर्मचारीलाई सम्मान गरिएको हाे । सम्मानित हुनेहरूमा सुचना प्रविधि अधिकृत आकाश गुरूङ , जनस्वास्थ्य निरीक्षक सक्षम घिमिरे , वडा सचिव संगीता बगाले , सामाजिक परिचालक अनिता वाग्ले , नगर प्रहरी कमान्डर चन्द्रकुमार श्रेष्ठ , पशुसेवा तर्फ रचना घिमिरे , एम्बुलेन्स चालक टेकनारायण श्रेष्ठ र कार्यालय सहयोगी बिना श्रेष्ठ रहेका छन् ।
यस्तै लक्ष्मी सनराइज बैंक थर्पु र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक जामुने , निर्माण व्यवसायी बलराम शिवाकोटी लगायत बाटो निर्माण उपभोक्ता समिति सम्मानित हुनेमा रहेका छन् ।

सम्मानित हुनेहरूलाई टीका ,दाेसल्ला र सम्मानपत्रले जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page