म्याग्दे गाउँपालिकाकाे बजेट र निति तथा कार्यक्रम सार्वजनिक

म्याग्दे गाउँपालिकाकाे बजेट र निति तथा कार्यक्रम सार्वजनिक

म्याग्दे गाउँपालिकाको आ.व. २०८१/८२ को वार्षिक प्रगति/समिक्षा तथा आ.व. २०८२/८३ को योजना तथा परियोजना सार्वजनिक एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहल ठुलो बगैंचा बेल्टारमा जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरि गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक गरिएको हो ।

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रममा दोश्रो आवधिक योजनाको दिर्घकालिन सोच ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को लक्ष्यलाई साकार पार्ने अठोट सहित गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिएको छ ।

गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने नीति तथा कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रम मार्फत अध्यक्ष श्रेष्ठले हालको पदाधिकारीको बाँकी रहेको कार्यकालमा ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को अभियान सन्चालन गर्ने तथा खर्च कटौतीको लागि अनावश्यक चालु खर्च नियन्त्रण, सबै प्रकृतिका भ्रमण खर्च, अनावश्यक गोष्ठी, तालिम, अनावश्यक सामाग्री खरिद, ओभर स्टाफिङ तथा करार कार्यमा रोक लगाउने बताए ।
यसैगरि गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ को लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको बजेट पारित गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ६८ दशमलब ९४ प्रतिशत अर्थात ४७ करोड ४० लाख ५२ हजार र पुँजीगत तर्फ ३१.०६ प्रतिशत अर्थात २१ करोड ३५ लाख ८४ हजार बाँडफाँड गरिएको छ ।त्यस्तै आर्थिक वर्ष ०८२/०८३ को खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ९ करोड ८६ लाख, शशर्त अनुदान पुँजिगत ८० लाख ४० हजार, शशर्त अनुदान चालु १८ करोड ८ लाख ७४ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ४५ लाख ४२ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लख ७५ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ८८ लाख ६३ हजार हुने अनुमान गरिएको छ ।

त्यसैगरि राष्ट्रपति शैक्षिक सुधार तथा अन्य अनुमान ९० लाख, सडक बोर्डको आम्दानी २३ लाख र आन्तरिक आय तर्फ ११ करोड २५ लाख ५५ हजार, संघको समपुरक १ करोड २० लाख, संघको विशेष अनुदान ९० लाख, सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने १३ करोड ५० लाख, प्रदेशको समपुरक अनुदान ६० लाख, प्रदेशको विशेष अनुदान ४० लाख, नागरिकबाट जम्मा हुने नगद साझेदारी रकम १ करोड ७० लाख हुने अनुमान गरिएको छ ।म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिईएको छ । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने भएको छ ।गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य डोलबहादुर सुनार, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट, कार्यपालिका सदस्य चिनिमाय थापा, पुर्व वडा अध्यक्षहरुको तर्फबाट पदमराज वाग्ले, नेपाली काँग्रेसका गाउँ सभापती रामभक्त घिमिरे, नेकपा एमालेका अध्यक्ष द्वारिकानाथ घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक मनोज अधिकारी, नेकपा एकिकृत समाजबादीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेकपा मसालका अध्यक्ष नरबहादुर थापा लगायतले शुभकमना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत श्रीराम खनालले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page