संस्थागत स्वमूल्यांकन (लिजा) मा तनहुँका १० पालिका मध्ये म्याग्दे गाउँपालिका प्रथम
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकन (लिजा) मा तनहुँका १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिका प्रथम भएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसाप म्याग्दे गाउँपालिका जिल्ला प्रथम भएको हो । प्रथम भएको म्याग्दे गाउँपालिकाले ८५.७५ अंक प्राप्त गरेको छ । यस्तै आँबुखैरेनी दोस्रो भएको छ । ऑबुखैरेनीले ८५ अंक प्राप्त गरेको छ।

नतिजा अनुसार शुक्लागण्डकी नगरपालिका तेश्रो, व्यास नगरपालिका चौंथो, भानु नगरपालिका पाँचौ, भिमाद नगरपालिका छैठौं, देवघाट गाउँपालिका सातौं, ऋषिङ गाउँपालिका आठौं, घिरिङ गाउँपालिका नवौं र बन्दीपुर गाउँपालिका दसौं स्थानमा रहेका छन् ।
























