आबुँखैरेनी नजिकै बेवारिसे लाश फेला
तनहुँकाे आबुँखैनि गा.पा २ ढापटार स्थित मस्याङदि नदिको किनारमा नाम थर वतन नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अ. ३०/३५ बर्षको जस्तो देखीने पुरुष व्याक्ति बेबारिसे लाश मृत अवस्थामा फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।

लास छ भन्ने खवर स्थानिय मार्फत जनाकारी प्राप्त भएपछि अहिले इ. प्र.का. आबुँखैरेनी तनहुँ बाट प्र.नि. टेक प्रसाद सुबेदीको कमाण्डमा ७ जनाको टोलि खटिई अनुसन्धान कार्य सुरु भएको प्रहरीले बताएको छ ।

























