आदिकविकाे अध्यक्षमा गठवन्धनका उम्मेदवार सुनार विजयी

व्यास १ बिज्ञानचाैर स्थित आदिकवि भानुभक्त क्याम्पसकाे अध्यक्षमा काङ्ग्रेसको संस्थापन टिम , एमाले र माओवादी गरि ३ दलीय गठवन्धनका उम्मेदवार केशबहादुर सुनार बिजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतपरिणाम अनुसार काङ्ग्रेसकै अर्का उम्मेदवार कमलामाेहन वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुडामणि दाहाललाई पराजित गर्दै सुनार विजयी भएका हुन् । सुनारकाे लिस्टमा काङ्ग्रेस , एमाले र माओवादीका १२ जना संयुक्त उम्मेदवार रहेका थिए र उक्त चिट मतदाताहरूलाइ बाँडिएको थियो । भर्खरै मतगणना सकिएको अन्तिम मत परिणाम अनुसार
केश ब. सुनार= ३७३
कमला मोहन वाग्ले = २३३
चुडामणि दाहाल=६० रहेको छ ।

यता खुल्ला सदस्य तर्फ संगित घिमिरे ,माेहन गिरी , रामकृष्ण विक , विवेक भट्टराई , सोमराज सिग्देल,डा.ईश्वरचन्द्र वाग्ले ,भरतप्रसाद पन्थ , सुनिल मिश्र, श्रीराम कार्की , निर्मल पण्डित , ईश्वर बहादुर विष्ट र भाग्यशाली ढुंगाना विजयी भएका छन् । यद्यपि निर्वाचन समितिबाट घाेषणा हुन भने बाँकी रहेको छ ।

समितिकाे महिला सदस्यमा भने यसअघि नैं सिर्जना तिवारी ,शोभा बडु अधिकारी र बिणा कैनी निर्विरोध निर्वाचित भइसकेका छन् । बिहीबार परेको उम्मेदवारीमा तीनजना चाहिनेमा तीनजनाको मात्रै उम्मेदवारी परेपछि उनिहरू निर्विरोध निर्वाचित भएका हुन् । यस्तै क्याम्पसकाे दलित सदस्य तर्फ अर्जुन सुनार चयन भएका छन् । त्यस्तै जग्गादाता तर्फ ठाकुर दरैको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत भएका छन् । जनजाति सदस्य तर्फ क्या.सोमबहादुर थापा र चिजबहादुर दरै , अभिभावक तर्फ कृष्णबहादुर रुचाल र रामराज अधिकारी चयन भएका छन् । पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरुमा बुद्धिसागर साखी , महेन्द्र गिरी , अम्बिका अधिकारी चयन भएका छन् । आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुंगाना र सदस्यहरुमा प्रेमबहादुर राउत र सरु कुमाल चयन भइसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष सुनारलाइ क्याम्पसकाे अध्यक्ष बनाउन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने आँफै लागेका थिए । काङ्ग्रेस भित्र मिलाउन भन्दापनी एमाले पार्टी कार्यालयमा पुगेर उनलेे एमाले सँग गठवन्धन गरेका थिए । प्रमुख न्याैपानेले काङ्ग्रेसको बैठकमा समेत सुनारजी लाई बनाउने सम्बन्धमा राष्ट्रपति ज्युकाे समेत चासो रहेको भन्दै सहयोग गर्न भनेका थिए ।

























