पृथ्वीराजमार्गकाे नाहालामा ट्रिपर र माेटरसाइकल ठक्कर खाँदा कास्कीका धर्मराजकाे मृत्यु
तनहुँकाे बन्दिपुर गाउपालिका वडा नं. १ नाहाला स्थित पृथ्वी राजमार्गमा ट्रिपर र माेटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ । डुम्रेबाट दमौली तर्फ आऊदै गरेको बा.प्र. ०६-००१प९२३३ नं. को मो.सा.लाई सोही दिशाबाट आउदै गरेको ग२ख१५६१ नं. को ट्रिपरले ठक्कर दिदा मो.सा.मा. सवार चालक कास्कीकाे रुपा गा.पा. – ७ बस्ने बर्ष अ. ४५ को धर्मराज सेनकाे मृत्युु भएको हाे । ट्रिपरले ठक्कर दिई गम्भीर घाइते भएका उनलाई प्रदेश अस्पताल दमाैलीमा उपचारकाे लागि ल्याउँदा डाक्टरले मृत घाेषणा गरेका थिए ।

दुर्घटनास्थलमा प्र.चौ. डुम्रे र जि.ट्रा.प्र.का. तनहुँबाट टोली खटि गएको दुबै सवारी साधन र ट्रिपर चालक प्र.चौ. डुम्रेको नियन्त्रणमा रहेको समेत प्रहरीले जानकारी दिएको छ ।
फाेटाे राजेश कार्की

























