आदिकविमा लाेकप्रिय मत ल्याउने कान्छो सदस्य मिश्र !
आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिकाे निर्वाचित सदस्य मध्ये सबैभन्दा कान्छाे सदस्यमा सुनिल मिश्र विजयी भएका छन् । क्याम्पस श्राेतका अनुसार मिश्र यसपटकको मात्रै नभइ अहिलेसम्मकै कान्छो सदस्य हुनसक्ने बताइएको छ । मिश्रले चाैंथाे लाेकप्रिय मत पाएका छन् ।

मतपरिणाम अनुसार कुल खसेको ६७७ मतमध्ये विवेक भट्टराईले सबैभन्दा धेरै ५०२ मत पाएका छन् भने दाेस्राे धेरै मत मोहन गिरीले ५०० पाएका छन् । यस्तै डा. इश्वरचन्द्र वाग्लेले ४९२ ल्याउँदा कान्छो सदस्य सुनिल मिश्रले ४९० मत ल्याएका छन् । मिश्र भन्दा पछाडि रामकृष्ण विक ४६९, संगित घिमिरे ४६१, सोमराज सिग्देल ४३५, भरत पन्थ ४१९, श्रीराम कार्की ४१७, निर्मल पण्डित ३४१, इश्वरबहादुर विष्ट ३३४ र भाग्यशाली ढुंगाना ३१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
नेविसंघको केन्द्रीय सदस्य समेत रहेका मीश्र खासगरी युवा पुस्ता माझ निकै लाेकप्रिय मानिन्छन् । उनको अनुशासनपन र शालीन व्यवहारले नैँ उनलाई लाेकप्रिय सदस्य मात्रै बनाएन , कान्छो सदस्य समेत बनायाे ।

























