जिल्ला प्रशासन कार्यालय जलेर ध्वस्त भएपछि नयाँ ठाउँकाे खाेजी हुँदै

जिल्ला प्रशासन कार्यालय जलेर ध्वस्त भएपछि नयाँ ठाउँकाे खाेजी हुँदै


जेनजी आन्दाेलनकारी बाट जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । भाैतिक संरचना र अभिलेख सबै नष्ट भएको उक्त कार्यालय कहाँ , कसरी र कहिलेबाट सञ्चालन गर्ने भन्ने अन्याैलता कायमै छ ।

नागरिकका लागि अत्यावश्यक कार्यालय ध्वस्त भएको र यसलाई चाडैं सञ्चालनमा ल्याउन नयाँ कार्यालय भवनको खाेजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । कार्यालय खाेजीकाे क्रममा छाैँ ,कहाँ राख्दा उपयुक्त र सहज हुन्छ त्यहीँ राखेर कार्यालय सञ्चालन गर्नेछौं अधिकारीले भने ।खासगरी पर्यटन कार्यालय , अतिथि गृह , शिक्षा समन्वय इकाइ , सामाजिक बिकास कार्यालय , सभाहल लगायतका ठाउँहरू हेरिरहेको बताइएको छ । ठाउँ उपलब्ध हुनासाथ नागरिकता, पासपोर्ट, सिफारिस जस्ता दैनिक जीवनका जरुरी सेवाहरू सुचारु हुने प्रशासनले बताएको छ । सेवा सुचारु गर्न कम्तीमा कम्यूटर, प्रिन्टर, टेबल जस्ता सामान्य सामग्री चाहिने तर ती न्युनतम कुराहरू पनि नभएको बताइएको छ । कार्यालय सञ्चालन र वातावरण सहजताकाे सम्बन्धमा सनिवार दमाैलीमा सराेकारवाला संघ संस्थाको सर्वदलीय छलफल समेत भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page